धनगढी। कैलालीको धनगढीमा एक जना पक्राउ परेका छन्। कैलालीको धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका–२ का २६ वर्षीय सन्तोष शाही २ सय ७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।
धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट शाहीलाई आज दिउँसो प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।