कञ्चनपुर। कञ्चनपुरमा तरकारी बोकेको जिपले ठक्कर दिदा २ जना घाइते भएका छन्। शनिबार कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ सिद्धचोकमा बेलौरीबाट बेलडाँडी आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च २७६१ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्रीलाई ठक्कर दिएको हो।
बेलौरी नगरपालिका ९ रतनपुरका ३० वर्षीय साईकलमा सवार सुनिल चौधरी र १९ वर्षीय पवन चौधरीलाई पछाडीबाट जिपले ठक्कर दिदा दुबै जना घाईते भएका छन्। ईलाका प्रहरी कार्यालय बेलडाँडीका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी ल्याइएको छ। सुनिल चौधरीको टाउकोमा चोट लागेको छ भने पवन चौधरीको बाँया हात र खुट्टामा चोट लागेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान गरिएको जनाएको छ ।


