धनगढी : सुदूरपश्चिमका युवा, युवतीहरुलाई संसदिय अभ्यास गराइएको छ । युवाहरुको नेतृत्वदायी क्षमता अभिबृद्धी लगायत उद्देश्य सहित संसदिय अभ्यास दिइएको हो । ४ दिन नमुना युवा संसद अभ्यासमा रहेका युवाहरुले संसदका काम कार्वाही, सरकारका काम र छनौट हुने योजना लगायतका बारेमा जानकारी लिएका छन् । नमुना युवा संसद अभ्यासबाट नेतृत्वदायी क्षमताको बिकास संगै सही नेतृत्व छनौट र आफ्ना अधिकारका बिषयमा समेत सहभागीहरु जानकार भएका छन् ।
प्रदेश युवा परिषद सुदूरपश्चिमको आयोजनामा नमुना युवा संसद अभ्यास कार्यक्रम आयोजना भएको थियो । सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट प्रतिनिधीमुलक रुपमा सहभागी युवा युवतीहरुले ४ दिनसम्म संसदिय अभ्यास, सरकारका काम, प्रदेशसभाले बनाउने ऐन कानुन, कार्यान्वयतका चरण हरु बारेमा जानकारी लिएका छन् । जेठ ९ गतेदेखी १२ गतेसम्म चलेको नमुना युवा संसद अभ्यासबाट जानकारी संगै संसद तथा सरकारको अभ्यास समेत उनिहरुले गरेका छन् । राजनितिमा मात्रै नभएर हरेक क्षेत्रमा युवाहरुले नेतृत्वदायी भुमिका खेल्नका लागी नमुना युवा ससद अभ्यासले महत्वपुर्ण भुमिका खेलेको छ ।
गाउँमा जाने बिकास निर्माणका योजना बारे समेत अनबिज्ञ हुने युवा युवतीहरुलाई नमुना युवा संसद अभ्यासले जागरुक बनाएको छ । उनिहरुलाई योजना छनौट तथा कार्यान्वयन बारे समेत जानकारी भएपछि गाउँमा जाने योजनाको जानकारी र खबरदारी गर्ने छन् । साथै नेतृत्व गर्ने र नेतृत्वकर्तालाई प्रश्न उठाउनपनि उनिहरुले सिकेका छन् ।
प्रदेश युवा परिषद सुदूरपश्चिमले हरेक बर्ष कार्यक्रममै राखेर नमुना युवा संसद अभ्यास कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । युवाहरुको क्षमता अभिबृद्धी र संसद तथा सरकारले गर्ने काम बारे अभ्यास दिनका लागी हरेक बर्ष यो कार्यक्रम आयोजना हुँदै आएको परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए । नमुना युवा संसदले राजनितिक तथा सामाजिक नेतृत्वदायी क्षमतामा बृद्धी हुने अपेक्षा कुँवरले लिएका छन् । सबै किसिमको नेतृत्व क्षमता भए युवाहरुले सफलता प्राप्त गर्ने युवा परिषदको बिश्वास छ ।
युवा परिषदले नमुना युवा संसद मात्रै नभएर युवाका क्षेत्रमा हरेक वकालत गर्दै आइरहेको छ । र युवाका मुछाहरुलाई समेटेर निति कार्यक्रमका लागी प्रदेश सरकारलाई परिषदले पेष गर्ने गरेको छ । तर ति मुद्धाहरुको कार्यान्वयनमा भने सधैँ सरकार उदासिन छ ।