अछाम। अछाममा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। अछामको बान्निगढी जयगढ गाउँपालिका–४ तिमल्सेनबाट लागूऔषध एक जना पक्राउ परेको प्रहरीले जनाएको छ। एक ग्राम ९ सय २० मिलिग्राम लागुऔषधसहित सोही गाउँपालिका–३ धाराशैनका २१ वर्षीय शंकर ठकुल्लालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो। साथै घटनामा संलग्न एक जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।