दार्चुला। दार्चुलामा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्। दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्ना जलेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। ठगुन्नाको खुट्टा, टाउको र हात जलेको बताइएको छ।
बुधवार बिहान चिया पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ। घाइते ठगुन्नालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार संभव नभएपछि अस्पतालले काठमाण्डौ रेफर गर्ने तयारी गरेको छ।