अछाम। अछाममा चट्याङ लाग्दा ४ जना घाइते भएका छन्। अछामको कमलबजार नगरपालिका १ मा गएराति हावाहुरी र बर्षासंगै परेको चट्याङ लाग्दा ४ जना घाइते भएका हुन । प्रहरीका अनुसार घाइते हुनेमा कमलबजार नगरपालिका १ का १८ बर्षिय गिता कुमारी रावत बिष्ट, ३२ बर्षिय धिर्जा बजगाई, ३० वर्षिय सरस्वती बजगाई र ५० वर्षिय मोतिकला बजगाई छन् ।
घाइते मध्ये गिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिए। अन्य घाइते ३ जनाको अछाम जिल्ला अस्पतालमा उपचार भैरहेको छ। यस्तै चट्याङ लागेर १ भैसी पनि मरेको छ। केही घरमा पनि क्षति पुगेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय अछामले समग्र क्षतिको विवरण आउन वाँकी रहेको रअनुसन्धान गरिरहेको बताएका छन् ।