कैलाली। कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट भारत पलियाका २४ वर्षीय मनोज सिंह लागुऔषधसहित एक जना पक्राउ परेको प्रहरी जनाएको छ।
सिंहलाइ १ सय ७० मिलिग्राम लागुऔषधसहित प्रहरी प्रक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको जनाइएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।