धनगढी। कैलालीमा कान्द्रा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका–५ सेउकलीयाका जयराम नेपालीकी १२ वर्षीया श्रृष्टी नेपालीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।\
कान्द्रा नदीमा डुबेर उनको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरलिे जनाएको छ ।