धनगढी। धनगढीको दृष्टि फाउन्डेसन अगाडि आगलागी भएको छ। शुक्रबार राति कैलालीको धनगढीमा रहेको दृष्टि फाउन्डेसन अगाडि राति ९:१५ बजे आगलागी भएको हो। प्रहरीको सहयोगमा उक्त आगो नियन्त्रणमा लिइएको फाउन्डेसनकी सञ्चालक कल्पना भट्टले बताइन्।
उनले राती करिब ९:१५ मा जानी जानी अपरिचित ब्यक्तीले सुनियोजित ढङ्गले आगजनी गरिएको बताइन्। असहाय तथा सडक मानवलाई आश्रय दिइरहेको उक्त फाउन्डेसन अगाडि आगजनी गर्ने दोषीलाई कारबाही गर्न उनले मागसमेत गरेकी छिन्। यदि समयमै आगलागी बारे थाहा नभएको भए धेरै क्षती हुने बताउँदै दृष्टि फाउन्डेसनका कर्मचारीसहित प्रहरी टोलीको सहयोगमा आगो नियन्त्रणमा आएको बताइन्।
असहाय तथा बेवारिसे महिलाको सेवा माथि पटक पटक आक्रमण भईरहदा सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्ने उनको माग छ। यस्तै धनगढीको दृष्टि फाउन्डेसन अगाडि आगलागी गर्नेलाई कार्वाहीको माग समेत गरिएको छ। सरोकारवाला गम्भीरताका साथ अध्ययन गरेर दोषी उपर कानुनी उपचार गरियोस् भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ।