काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज अपराह्न भएको दुवै संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
जसमा निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउनेदेखि विद्यालयका बालबालिकाहरुको दिवा खाजा बढाउनेसम्मका कार्यक्रम समेटिएका छन् । त्यस्तै, निजगढ विमानस्थलको निर्माण अघि बढाइने, नयाँ हिमाल आरोहण खुल्ला गरिनेलगायत कार्यक्रमहरु रहेका छन् ।सरकारको नीति तथा कार्यक्रममा अपेक्षानुरुप नयाँ कार्यक्रम भने खास केही पनि छैन ।पूर्णपाठ हेर्नुहोस् यहाँ क्लीक गरेर नीति तथा कार्यक्रम २०८० फाइनल-2080-81