दार्चुला। दार्चुलामा ढुंगा लागेर एक जना यार्सागुम्बा संकलकको मृत्यु भएको छ। ढुंगा लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ भने अर्का एक संकलक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयले यार्सागुम्बा संकलनका क्रममा बिहीबार ढुंगाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिंह ऐतवालको ज्यान गएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले यार्सागुम्बा संकलन गर्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर टाउकोमा चोट लागेका ऐतवालको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।
यस्तै पुष्कर ऐतवाल घाईते भएका छन्। सीतापुल प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले सामान्य चोट लागेर घाइते भएका पुष्करको घरमै प्राथमिक उपचार भइरहेको छ। चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले घटनाको बारेमा जानकारी दिदै सो सम्बन्धमा अनुसन्धान भैरहेको बताएका छन्।