धनगढी। अनेरास्वबियू (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन) कैलालीले जिल्ला प्रशासन कैलालीलाई ज्ञापन पत्र बुझाएको छ। अनेरास्वबियू कैलालीले आज अनेरास्ववियूको केन्द्रिय सर्कुलर अनुसार कैलाली जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।
नेपाली नागरिकलाई नक्कली भुटान शरर्णाथी बनाएर मानव अधिकार हनन् बिरुद्ध गतिबिधी गर्नेलाई कार्वाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी युवराज कटेल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको अनेरास्वबियु कैलालीका संयोजक रमेश बहादुर बोहराले बताए। अनेरास्वबियु कैलालीका संयोजक बोहराद्धारा जारी ज्ञापनपत्रमा भनिएको छ, वाईडबडी काण्ड, ओम्नी काण्ड, एनसेलमा भएको भ्रष्टाचार, ठुलठुला राष्ट्रलाई नै ठुलो घात हुने सबै किसिमको भ्रष्टाचार काण्डहरु सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाही गर्न जोडदार माग गरिएको छ।
यस्तै कुनै पनी भिआइपीलाई बचाउने गरी अनुसन्धानलाई प्रभावित एवम् तोडमोड गर्ने कार्य नर्गन नेपाल सरकार तथा सम्बन्धित पक्षलाई माग गर्दछौँ,यदी यस्तो प्रकारका काण्डहरुलाई प्रभावित गर्ने कार्य कुनै पक्षबाट हुन गएमा अनेरास्वीयू कैलाली जिल्ला कमिटी चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएको छ। अनेरास्वबियू कैलाली बिद्यार्थीहरुको हक अधिकारको रक्षा गर्न मात्र नभई समग्र राजनितीक, आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा हुने भ्रष्टाचारको बिरुद्धमा भुमिका निर्वाह गर्दै आएको जनाएको छ।


