धनगढी। धनगढीमा रहेको सनराईज बैँकले शैक्षिक सामाग्री र डस्टबिन हस्तान्तरण गरेको छ । सनराईज बैँकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री र डस्टबिन हस्तान्तरण गरेको जनाएको छ।
बैँकले आज एक कार्यक्रमका बिच धनगढी ५ हसनपुरको ऐश्र्वय विद्या निकेतनमा प्रभाबकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ। बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक श्री प्रेम निधी ओझा ज्यूलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन्। प्रधानाध्यापक प्रेम निधी ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्नका लागि सो शैक्षिक सामाग्रीले मद्धत पु¥याउने बताउँदै बैंकको सहयोगका लागि धन्यबाद ज्ञापन गरेका छन्।
यस्तै आज बैंकका नायब महाप्रबन्धक नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका छन् ।सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको उनले बताए। साथै कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालल सनराइज बैंकको यस किसीमको सहयागले स्र्माट धनगढी बनाउने परियोजनामा टेवा पु¥याएकोमा धन्यबाद ब्यक्त गरे। यसका साथै बैँकले धनगढी त्रिनगर माध्यमिक विद्यालयका विद्यार्थीलाई साइकल राख्न १०० वटा क्षमताको साइकल स्टायान्ड समेत बनाएको छ। बिद्यार्थीलाई साइकल सुरक्षित राख्न सहज हुने बिश्वास लिइएको छ।


