कैलाली। नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम सरकारलाई प्रदेश राजधानीका लागि भोगाधिकार किन नदिएको भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै बलायरले राजधानी स्थापनाका लागि भोगाधिकार नदिनुको कारण केन्द्रीय सरकारसँग सोधेका हुन्।
अन्य ६ प्रदेशका राजधानी बन्दै गर्दा सुदूरपश्चिमको राजधानी नबन्नुको कारणबारे सरकारसँग स्पष्टीकरण मागे।बलायरले प्रश्न गर्दै भने ‘देशका ६ वटै प्रदेशको राजधानी बन्दै गर्दा सुदूरपश्चिमको राजधानी किन बनेन’, ‘अहिलेसम्म केन्द्र सरकारले भोगाधिकार किन दिएन, यसको स्पष्ट जवाफ चाहिन्छ।’ उनले कैलालीको गेटामा स्थापना भएको मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन तत्काल सम्भव नभएको जिकिर गर्दै छिटोभन्दा छिटो मेडिकल कलेजका रुपमा सञ्चालन गर्न पनि माग गरे।
‘ननटेक्निकल युनिभर्सिटी सञ्चालन गर्नलाई धौधौ परिराखेको बेलामा किन सुदूरपश्चिमका जनतामाथि अन्याय भयो र त्यहाँ मेडिकल विश्वविद्यालय ९युनिभर्सिटी० खोलेर सञ्चालन गर्न के अहिले नेपालको सामर्थ्य छ’, बलायरले भने, ‘त्यसैले गेटा मेडिकल कलेजलाई छिटोभन्दा छिटो मेडिकल कलेजका रुपमा स्थापित गरेर सञ्चालन गरियोस्।’उनले संघीय सरकारले अझै पनि सुदूरपश्चिमलाई विभेद गरिरहेको गुनासो गर्दै उनले डोटीका भूकम्पपीडितलाई सरकारले राहत तथा क्षतिपूर्ति नदिएकोमा आपत्ति जनाए।‘के देशमा आउने भूकम्प र सुदूरपश्चिममा आउने भूकम्प फरक छ’, बलायरले प्रश्न गर्दै भने, ‘अहिलेसम्म डोटीका भूकम्प पीडितहरुले गएको कात्तिक २२ गते राति २ बजे गएको भूकम्पबाट पीडितहरु घरबारविहीन छन्। राज्यले त्यसको जवाफदेहिता दिनुपर्दैन, उनले भनेका छन्’।


