धनगढी । धनगढीका आठ वटा स्वास्थ्य संस्थालाई सञ्चालनको अनुमति दिइएको छ । धनगढी उपमहानगरपालिकाभित्र सञ्चालन रहेका स्वास्थ्य संस्थामध्ये आठ वटा स्वास्थ्य संस्थालाई सञ्चालन अनुमतिपत्र स्वीकृत गरेको छ ।
आइतबार बसेको उपमहानगरपालिकाको २० औं कार्यपालिका बैठकले सिपी अस्पताल, ओम आशा अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थालाई सञ्चालन अनुमति दिने निर्णय गरेको हो।
स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले उपमहानगरपालिकामा परेको आवेदन अनुसार अनुगमन गरेर दर्ता तथा नवीकरण प्रदान गर्न योग्य स्वास्थ्य संस्थालाई स्वीकृत दिन प्रस्ताव पेश गरेका थिए। उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले स्वास्थ्य संस्था दर्ता तथा नविकरण प्रक्रियामा नआउँदा उपमहानगरपालिकाले वार्षिक दुई करोड राजश्व गुमाउनु परिरहेको बताए।


