कञ्चनपुर। कञ्चनपुरमा अवैध बालुवा उत्खनन् गर्ने ३ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ स्थित मछेली खोलाबाट अवैध ढङ्गले बालुवा उत्खनन गरिरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।
आज (आइतबार) विहान ईलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बाणीबाट संयुक्त रुपमा खटि गएको प्रहरी टोलीले मछेली पुलदेखी दक्षिणतर्फ तटबन्धन नजिक निषेधित क्षेत्रमा अवैध रुपमा बालुवा उत्खन्न गर्ने ट्याक्टरलाई चालक सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीका अनुसार निम्न ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेको कैलाली गोदावरी ४ का ३५ बर्षिय देव बहादुर चौधरीको से १ त ३७९१,गोदावरी १ का २४ बर्षिय राम बहादुर चौधरीको से २ त १८२८ र कञ्चनपुर कृष्णपुर ६ का ३३ बर्षीय अबिरल चौधरीको सु प प्र०१ ००२ त ५१५५ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।अवैध रुपमा बालुवा उत्खन्न गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि कृष्णपुर नगरपालिका ५ गुलरियामा बुझाएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।