धनगढी। कैलालीका उद्योग व्यवसायीहरुले बैंकको व्याजदर र व्यावसायीक घरधनीको चर्को घरभाडाकारण आफुहरु समस्यामा परेको बताएका छन्। कोरोना कालदेखी हालसम्म देशमा अर्थतन्त्र जरजर अवस्थामा जुग्रीरहदा आर्थिक मन्दीले ब्यापार ब्यवसाय धरासायी बनेको उनीहरुको भनाई छ।
व्यवसायीहरुले आर्थिक मन्दी भएको अवस्थामा एकातिर बैंक तथा वित्तिय संस्थाहरुको चर्को व्याजदर र अर्कोतर्फ घरधनीहरुले मनोमानी बढाउने सटर र घरभाडाका कारण थप संकट बेहोर्नु परेको बताएका हुन्। विभिन्न उद्योगी व्यावसायीहरूको उपस्थितिमा सो समस्या समाधान गर्नुपर्ने भन्दै ३५ वटा वस्तुगत संघले संयुक्त विज्ञप्ति जारी गरेका छन्। घरभाडा मनोमानी बढाउने घरधनीहरुलाई उपमहानगरपालिका र स्थानीय प्रशासनले नियमन गर्नुपर्ने जोड जोड दिदै क्षेत्र अनुसार घरभाडा तोकिनु पर्ने व्यवसायीहरुको माग छ।
एक जना ब्यवसायीका अनुसार घरधनीहरूले घरभाडा दोब्बर बढाएको तर बहाल कर भने तिर्ने गरेका छैनन्। अहिले अधिकाँस ब्यवसायीहरुले घरधनीहरुले तिर्नै नसक्ने गरेर दोब्बर भाडा बढाएको भन्दै सटरहरु खाली गराइरहेको उनको भनाई छ। उनका अनुसार एक जना घरधनीले वार्षिक लाखौं रकम घरभाडा उठाउने भएपनी उपमहानगरपालिकालाई निकै न्यून रकम कर तिर्ने गरेका छन्। व्यवसायीहरूको उपस्थितिमा ३५ वटा वस्तुगत संघले बैँक तथा वित्तिय संस्थाको सावाँ व्याजको किस्ता सहज रुपमा भुक्तानी गर्ने वातावरण सृजना तथा समय थप गरी ब्यवसायीलाई सहज गर्न माग गरेका छन्।
यस्तै कुनै पनी व्यवसायीको धितो,लिलामीलाई कुनैपनी उद्योगी ब्यवसायी तथा सरोकारवाला आम नागरिक समाज लगायत यस असहज परिस्थितीमा कुनै पनि किसीमका लिलामीहरु नस्वीकारी दिन अनुरोध तथा घर वहाल कर सम्बन्धमा संघ र स्थानिय निकायले तोकेको मापदण्ड अनुसार लागु गर्न र गराउन व्यवसायी तथा घरधनीमा अनुरोध गरेका छन्। यस्तै घरधनीहरुलाई पछिल्लो समयमा आर्थिक संकटकोे मारमा परेको हुँदा उद्योग ब्यवसायीहरुको पिडा बुझी घरभाडामा विशेष छुट प्रदान गर्न अनुरोध गरिएको छ।
कैलाली उद्योग वार्णिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बैंकबाट ऋण लिएका कुनै पनि व्यवसायी नाफामा नरहेको बताए। बैंक तथा वित्तीय संस्थाहरुको व्याजदरका कारण व्यावसायीहरु लिलामीको अवस्थामा पुगेको बताए। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पुष्पराज कुँवरले ८० प्रतिशत व्यापार घटेको व्यावसायीहरुको गुनासो गरे। बैंकको व्याजदर र घरभाडाका विषयमा विभिन्न पक्षसँंग छलफल गर्ने बताए। उनले ब्यवसायीको मागहरु पूर्व बजेट अघि नै आफूले नेपाल उद्योग वाणिज्य महासंघ, अर्थमन्त्री र प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताएका छन्।


