कैलाली। अवैध काठसहित कैलालीबाट २ जना पक्राउ परेका छन ।शुक्रबार कैलालीको जानकी गाउँपालिका – ७ मुनुवा स्थित सडक खण्डबाट अवैध काठसहित बर्दगोरिया गाउँपालिका – ५ का २६ बर्षीय अनिल कठरिया र धन बहादुर बिक पक्राउ परेका हुन।
से १ त ३२२३ नम्बरको ट्याक्टरमा जडान गरिएको सु.प.प्र। ०१–००२ त ६१२६ नम्बरको ट्रालिमा अबैध रुपमा सालको जस्तो देखिने कडी थान ६४ र सालको जस्तो देखिने फ्रेम थान २६ लुकाई छिपाई लैजादै गरेको अवस्थामा प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ। उक्त काठ रित पुर्वक बरामद गरि ट्याक्टर चालक कठरिया र ट्याक्टर धनी बिकलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि शव डिभिजन कार्यालय टीकापुर पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।