कञ्चनपुर। कञ्चनपुरका सांसद ओम विक्रम भाट “सरल” को पहलमा चितुवाको पहिचान गर्न स्वचालित क्यामेरा जडान गरिएको छ । सांसद भाटको आग्रहमा राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा डिभिजन वन कार्यालय कञ्चनपुरले कृष्णपुर नगरपालिकाको वनदेवी सामुदायिक वन र सीता सामुदायिक वनमा स्वचालीत क्यामेरा जडान गरेको हो ।
क्यामेरा जडान गर्दै प्रदेशसभा सदस्य भाटले स्थानीयलाई सचेत भएर बस्न अनुरोध गरेका हुन् । उनले चितुवा वा बाघ के हो रु भनेर पहिचान गर्न स्वचालिक क्यामेरा जडान गरिएको बताउदै मानवलाई समेत आक्रमण गर्न सक्ने भएकाले सचेत रहन पनि आग्रह गरेका छन् ।
बैतडीमा चितुवाले मचाएको आतकंको उदाहरण दीदै भाटले मानवमा आक्रमण सुरु गरेको चितुवाले पछि धेरै दुस्ख पाइने बताए । उनले घर गोठ बलियो नभएका स्थानीयलाई काठ दिएर सहयोग गरिदिन समेत सामुदायिक वनलाई अनुरोध गरेका छन् ।सामुदायिक वनमा चितुवा देखिने चितुवाले पश चौपाया खान थालेपछि स्थानीय त्रसित भएका छन् । विशेषगरी जिल्लाको राजघाट, पुनर्वास, बेलौरी लगायतका क्षेत्र आसपासका सामुदायिक वनमा चितुवा देखिन थालेका हुन् ।