कैलाली। कर्णाली नदिमा एक जनाको शव फेला परेको छ। कर्णाली चिसापानीमा नदीमा तैरिरहेको अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।चिसापानी पुलको पूर्वतर्फ ठाकुरबाबामा बुधवार दिँउसो २ बजे पहिचान नखुलेको अवस्थामा शव फेला परेको हो।
प्रहरीले निलो र रातो रंगको ज्याकेट, भित्र रातो रंगको टि–सर्ट, सेतोकालो धर्सा भएको सर्ट,घ्यू रंगको सर्ट गरी दुई वटा सर्ट र खैरोमा सेतो धर्सा भएको ट्राउजर लगाएको लगाएको अवस्थामा शव फेला परेको हो । बर्दीयाको भुरीगाउँबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। शव परीक्षणका लागि बर्दिया अस्पताल राखिएको छ।


