धनगढी। लागुऔषधसहित कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट ३ जना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–९ बाट लागूऔषधसहित भजनी नगरपालिका–३ ढुषीका २२ वर्षीय रन्जित पौडेलसहित २ जना पक्राउ परेका छन्। सो मध्ये अर्का एक जनाको परिचय खुलाइएको छैन्।
ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले ५ सय ५० मिलिग्राम लागुऔषधसहित प्रहरीले दुबै जनालाई मंगलबार राति पक्राउ गरेको हो। त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–६ रिछाहबाट पनि लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। ३ ग्राम ६५ मिलिग्राम र एक थान सानो तराजुसहित बेलौरी नगरपालिका–३ खिरियाका १८ वर्षीय किशोरलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।