कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाको भवनमा गुणस्तरहिन सामाग्री प्रयोग गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ । शुक्लाफाँटा नगरपालिकाको भवनमा गुणस्तरहिन सामाग्री प्रयोग गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी परेको हो।
एसियाली विकास बैंक (एडीवी)को ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन सहयोग इकाई धनगढी मार्फत निर्माण भएको थियो । उजुरी निवेदनमा नगरपालिकाको प्रशासकीय भवन शुरुवाती चरणदेखि गुणस्तहिन सामाग्री प्रयोग गरि निर्माण कार्य गरेको र भवन संरचना पटक पटक भत्किनेक्रम जारी रहेको उल्लेख गरिएको छ।
यसअघि पनि पर्खाल भत्किएपछि स्थानीयले समेत भवनको गुणस्तरियतरको बारेमा प्रश्न गर्दै आएका थिए । शुक्लाफाँटा नगरपालिका ईन्जिनियर लोकेन्द्र भट्टले भने भवन गुणस्तरिय बनेको बताए। यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले उजुरी उपर छानबिन भइरहेको बताएको छ।