कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा आएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा सोमवारदेखि निःशुल्क महाप्रस्थान यान सेवा सञ्चालन भएको हो।
नगरपालिका वासीको सेवामा समर्पित भएर निःशुल्क महाप्रस्थान यान (घर देखि घाट सम्मको अन्तिम यात्रा)का लागि पालिकाले आफ्नै लगानिमा सोमवारदेखि सञ्चालन गरेको जनाएको छ। यस सेवाले नगरवासीलाई सहयोग पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ।