दार्चुला। दार्चुलामा सडकमा रोकिएको ट्याक्टर आफै गुड्दा भीरमा खसेको छ। दार्चुलाको दुहु गाउँपालिका–३ राता खलंगाबाट वालुवा लिएर दल्लुतर्फ गइरहेको सु.प.प्र.०१००२ त ४९४२ नम्बरको ट्याक्टर आइतबार दिउँसो भीरमा खसेको प्रहरीले बताएको छ। चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २८ वर्षीय राजकुमार राना ट्याक्टरलाई सडकमा रोकेर पिसाब फेर्न गएका थिए।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले सोही बेला ट्याक्टर आफै गुडेर करीब एक सय मिटर तल भीरमा खसेको जनाएको छ। ट्याक्टरमा चालक बाहेक अरु नभएका कारण मानवीय क्षति नभएको जनाइएको छ।
दार्चुलामा रोकिराखेको ट्याक्टर आफै गुड्दा भीरमा खस्यो
दार्चुलामा रोकिराखेको ट्याक्टर आफै गुड्दा भीरमा खस्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

