कैलाली। कैलालीमा बोका चोरीको आरोपमा २ जना युवा पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिकाका दुई जना युवकलाई बोका चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा ५ स्थित जमुनाटोलमा बोका चोरी गरेको आरोपमा गोदावरी नगरपालिका १० मालाखेतीका नविन ताम्राकार र हरिश चुनारालाई प्रहरीले पक्राउ गरेको छ।कञ्चनपुरको गुलरियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरु दुबैलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय गुलरियाका बरिष्ठ नायव निरीक्षक जीवन गुरुङले बताए। गत महिना कृष्णपुरकी प्रतिमा चौधरी र वैशाख ३ गते निर्मला नाथको बाख्रा चोरी भएको थियो। यस्तै हिजो शनिवार कृष्णपुर नगरपालिका ५ का रामपति चौधरीको बोका चोरी भएको थियो। तीनै जनाले उनीहरुबिरुद्ध प्रहरीमा उजुरी दिएका छन्।