अत्तरिया। नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति तथा प्रतिनिधिसभा सदस्य बिलबहादुर बलायरले दिएको अभिव्यक्तिप्रती नेकपा एमाले गोदावरी नगर कमिटीले ध्यानाकर्षण भएको जनाएको छ । साथै एमालेले सामुदायिक वन भित्र पार्टी कार्यालय निर्माण गर्ने कार्य अबिलम्ब रोक्न माग पनि गरेको छ ।
नगर कमिटी अध्यक्ष गोकर्ण भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै वन क्षेत्र अतिक्रमण गरेर पार्टी कार्यालयको शिलान्यास गर्ने र राज्यको चौथो अंग पत्रकारिताविरुद्ध खनिएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।‘राज्यको सम्पतिको रुपमा रहेको वन क्षेत्र अतिक्रमण गरेर पार्टी कार्यलय स्थापना गर्न खोज्नु अराजनैतिक, अमर्यादित तथा कानुन बनाउने व्यक्तिद्धारा कानुनको ठाडो उल्लघंन गरेको देखिन्छ,’ प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘यस्ता गैर कानुनी तथा अवैधानिक रुपमा वन अतिक्रमणको सत्य तथ्य समाचार सम्प्रेषण गर्ने राज्यको चौथो अंगका रुपमा स्थापित तथा विभिन्न परिवर्तनका आन्दोलनमा अत्यन्तै महत्वपूर्ण भुमिका निभाएको प्रेस जगतलाइ समाप्त पार्ने असिष्ट र अमर्यादित अभिव्यक्तिको घोर निन्दा तथा भत्र्सना गर्दछौ ।’
‘निर्वाचनमा विजय पराजय लोकतान्त्रीक पद्धतिको सुन्दर पक्ष रहेकाले यसलाइ नेकपा एमालले जनताको अभिमतलाइ सहर्ष स्वीकार गर्दछ तर विजयको उन्मादमा दम्ब धाकधम्की गुण्डागर्दी अराजनैतिक शैली,लोकतान्त्रीक आचारण र पद्धति भित्र पर्दैन’ विज्ञप्तिमा भनिएको छ । लोकतान्त्रीक व्यवहार र आचरण अनुसरण गर्न पनि माननीय ज्यू लाइ विनम्र अनुरोध गर्नुका साथै जनताका जनमत सम्मान गर्नु हुने छ भन्ने विशवास लिएको विज्ञप्ति मार्फत बताइएको छ।


