धनगढी। नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरले पत्रकारिताविरुद्ध सार्वजनिक रुपमा दिएको अभिव्यक्ति सच्याउन आग्रह गरिएको छ। नेपाल पत्रकार महासंघ कैलालीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका बलायरले दिएको अभिव्यक्तिप्रती ध्यानाकर्षण भएको जनाउदै सच्याउन आग्रह गरेको हो।
‘समाचारका विषयलाई लिएर सार्वजनिक मञ्चमा पत्रकारविरुद्ध जिम्मेवार व्यक्तिले दिएको अभिव्यक्तिले पत्रकार र पत्रकारिता क्षेत्रप्रती अपमान गरिएको ठहर छ, महासंघका अध्यक्ष हिमालय जोशीले जारी गरेको विज्ञप्ति भनिएको छ,’ ‘समाचारका विषयमा असहमती भए कानूनी बाटो अपनाउने विकल्प हुँदाहुँदै पत्रकारविरुद्ध अभिव्यक्ति दिनु दुःखद हो।
त्यसैले यस्ता अभिव्यक्ति सच्याउन महासंघ आग्रह गर्दछ।’यस्तै बिभिन्न पत्रकारका संगठनले पनी बिज्ञप्ती जारी गरेका छन् । सांसद बलायरले शुक्रबार एक कार्यक्रममा पत्रकारका नाममा पित पत्रकारीता गरे पत्रकारलाई समाप्त गर्ने अभियान पनि हुनसक्ने बताएका थिए। उनले पत्रकारलाई लक्षित गर्दै स्टुडियोमा बसेर धज्जी उडाउन सजिलो होला तर मेरो पार्टीको कार्यकर्ता संग सामना गर्न गाह्रो होला भनेर धम्किपूर्ण अभिव्यक्ति पनि दिएका थिए।
बलायरको भनाई तल हेर्नुहोस्


