कैलाली। नेकपा (एमाले) का नेता भीम रावल जहिले पनी पार्टि राजनितीमा चर्चामा आइरहने नेताका रुपमा चिनिन्छन् । उनी आफ्नै पार्टि भित्रका कामहोस् या अन्य राजनितीक बिषयबस्तुमा उनले गर्ने टिप्पणीले रावल जहिले चर्चामा आइरहेका हुन्छन्।
पाटिले आफुप्रति गरेको ब्यवहारमा ठिक नभएको भन्दै बेला बेलामा उनी कटाक्ष गर्दै आएका छन्। गत चैत्र १३ गते अछाममा एमालेको ग्रास रुट अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रममा बिरोधपछि एमालेका नेता र रावल बिच सवाल जवाफ नै चलेको थियो। त्यती मात्रै हैन बिभिन्न समयमा पार्टि भित्रैबाटै पनी रावलको आलोचना भैरहने गरेको छ। उनको नजरमा नेपाली राजनीतिका सबैभन्दा खराब पात्र कोही छन् भने ती हुन् एमाले अध्यक्ष केपी ओलीलाई मान्छन्।
भीम रावल-ओलीको सत्तोसराप गरेर कहिल्यै थाक्दैनन्। रावल ओलीलाई सत्तोसराप मात्रै गर्दैनन, नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संविधानको हत्यारा भन्न पनि पछि पर्दैनन् ।रावल तिनै नेता हुन्, जसले चितवनमा भएको पार्टीको १० औँ महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गर्ने साहस गरे। यद्यपी, पराजित भए। उक्त घटनापछि भने रावल एमालेमा विस्तारै किनारामा पारिँदै गए । एमाले नेतृत्वले रावललाई पार्टीको केन्द्रीय सदस्य अथवा सल्लाहकार बनाउन खोजेको पनि थियो । तर, रावलले त्यो पद लिन अस्वीकार गरे।
पछिल्लो समय रावल एमालेमा निष्क्रिय जस्तै छन्।गत ४ मंसिरको प्रतिनिधि सभा निर्वातनमा रावलले अछामबाट प्रतिनिधि सभामा चुनाव लड्न चाहेका थिए। रावल जिल्लाबाट टिकटका लागि एकल सिफारिसमा समेत परेका थिए। तर, एमाले अध्यक्ष ओलीले रावललाई टिकट नै दिएनन् । त्यहाँ रावलको टिकट खोसेर ओलीले पूर्व माओवादी खेमाका झपट बोहरालाई उम्मेदवार बनाए। त्यसपछि एमालेमै बसेर ओलीविरुद्ध संघर्ष गर्ने घोषणा गरेका रावल पार्टी र राजनीतिमा विस्तारै निष्क्रिय बन्दै गएका छन्। तर पनि अध्यक्ष ओलीमाथि आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् ।ओली पनि के कम ! रावलविरुद्ध विषवमन गर्न ओलीलाई कसले र केले रोक्थ्यो ? हरेकजसो सार्वजनिक कार्यक्रममा रावलविरुद्ध कटु वचन बोल्छन् ओली।
ओली कतिसम्म इगो लिन्छन् भन्ने त सौराहको १०औँ महाधिवेशनलाई उदाहरणको रूपमा लिन सकिन्छ । त्यसबेला अध्यक्षमा उम्मेदवारी दिन भीम रावललाई रोक्ने अनेक प्रयास त भए नै, रावललाई भोट नहाल्न ओली पक्षबाट पर्चासमेत वितरण गरियो ।अध्यक्ष ओलीमा सबैलाई समेटर लानुपर्छ भन्नेभन्दा पनि आफूले मनपराएको वा आफ्नो चाकडीमा रहनेलाई अवसर दिने प्रवृत्ति छ । त्यसैले सायद यस्तो प्रवृत्तिलाई ‘ओली प्रवृत्ति’ भनिएको होला ।अध्यक्ष ओलीको अर्को समस्या हो– आफूले जे गरेको छ, त्यो ठीक छ भनेर अडान लिइरहने । एमालेमा ओलीको त्यो अडान अर्थात् दम्भमाथि प्रश्न गर्ने हिम्मत अन्य नेताहरूले जुटाउँदैनन् । उनीहरूमा नेतृत्वबाट मूल्याङ्कन हुँदा प्रतिशोधको सिकार हुनुपर्ने भय जागृत छ। रावल काण्डले त अध्यक्ष ओलीसँगको यो डरलाई अझ उचाइमा पुर्याएको छ।
आलोचक र फरक मत राख्नेलाई पाखा लगाउँदै अहिले एमालेमा नेतृत्वको आलोचना गर्नेमाथि अघोषित रूपमा कारबाही गर्ने प्रचलन मौलाएको छ । एमाले अध्यक्ष केपी ओलीको निर्णय प्रक्रिया र पार्टी संगठनमा राख्न खोजेको होल्डका कारण संगठनको जीवन्ततामाथि नै प्रश्न उठेको छ । पार्टीप्रति नागरिकको आकर्षणमा पनि ह्रास आइरहेको कार्यकर्ताले बताउन थालेका छन् । ओलीसँग अध्यक्षमा पराजित भएपछि नेता रावल अहिले पार्टी जिम्मेवारीमा छैनन् । यसपटकको चुनावमा उनले अछामबाट टिकट पनि पाएनन् । रावलले टिकट नपाएकोले यसपटकको चुनावमा पनि सक्रिय भएनन् । जसले गर्दा रावल निकट नेताहरु ओलीप्रति असन्तुष्ट छन् ।यति मात्रै होइन, एमालेको ग्रासरुट अभियानका दौरान अछाम पुगेका उपाध्यक्ष विष्णु पौडेल र रावलबीच ‘वाक युद्ध’ नै चलेको थियो ।
एमालेमै बसेर नेतृत्वको खरो विरोध गरिरहेका रावलका गतिविधिमा लगाम लगाउन एमालेभित्र आवाज उठेको छ । ओलीले रावलसँग निर्णायक वार्ता गर्न उपाध्यक्ष पौडेलको नेतृत्वमा सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापासहितको वार्ता टोली बनाएका थिए । तर, अहिलेसम्म केही काम हुन सकेको छैन्। चैत १४ गते धनगढीमा रावलले पार्टीका जिम्मेवार नेताहरुका गतिबिधीले राष्ट र राष्ट्रियता कमजोर बनिरहेको बताउँदै रावलले राष्ट्रियताका पक्षमा आफुले बोल्दा प्रहार भइरहेको गुनासो गरेका थिए। पार्टीमै बसिरहनेकी छोड्नुहुन्छ भन्ने सञ्चारकर्मीका प्रश्नमा रावलले जबरजस्ती धकेल्न खोजे बिकल्प खोज्ने बताएका थिए । रावलले एमाले नेतृत्वप्रती निकै आक्रोस पोखेका थिए । रावलले अछाममा आयोजित कार्यक्रमलाइ आफुले सम्बोधन गरेकै कारण जिल्ला उप सचिव र नगर अध्यक्षलाई स्पस्टिकरण सोधिएको बताए। पार्टी सुद्धिकरणका लागी आयोजना गरिएको मशिन ग्रासरुट अभियानबाट संगठन बलियो बनाउनुभन्दा ५० बर्ष रगत पसिना बगाएका नेता कार्यक्रतालाई निषेध गर्न खोजिएको रावलले आरोप थियो।