कञ्चनपुर। कञ्चनपुरमा करेन्ट लागेर एक जना ट्रक चालकको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा करेन्ट लागेर ट्रक चालक बाँकेको राप्तीसोनारी गाउँपालिका-२ समशेरगञ्जका खुमबहादुर रोक्काको मृत्यु भएको हो।
नेपालगञ्जबाट तार–जाली बोकेर आएको भे १ ख ३९५३ नम्बरको ट्रकले शुक्रबार बिहान बिजुलीको मेन लाइन छुँदा ३२ वर्षीय चालक रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका रोक्कालाई तत्काल अस्पताल पु¥याइएको हो। रोक्काको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। तटबन्ध निर्माणका लागि तार–जाली बोकेर उक्त ट्रक खल्ला तिर आएको थियो। सोही क्रममा बिजुलीको मेन लाइन छुँइदा ट्रक चालक रोक्कालाई करेन्ट लागेको थियो।