धनगढी। धनगढीको छ लेन सडक किनारमा लगाइएका रेलिङ चोरी हुन थालेका छन्। धनगढी उप–महानगरपालिकाको छ लेन क्षेत्रको मोहना पुल छ लेन सडक किनारमा लगाइएका रेलिङ चोरी हुन थालेका हुन् । भन्सार देखि चटकपुर चौराहा क्षेत्रमा लगाएका रेलिङहरू चोरी भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ।
आ–आफ्नो घर अगाडी त्यस्ता कार्य भइरहेकोे देखेमा समयमै जानकारी गराईदिन उपमहानगरले नगरवासीलाई आग्रहसमेत गरेको छ।रेलिङ चोरी भइरहेको देखेमा धनगढी उपमहानगरपालिकाको कार्यालयलाई जानकारी गराएर सहयोग गर्न नगर प्रमुख गोपाल हमालले आग्रह गरेको बताएका छन्। घर, पसल अगाडिबाटै पनि रेलिङहरू चोरी भएका छन् । ६/७ स्थानबाट रेलिङ निकालेर लगिएको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।
महानगरपालिकाले छ लेन सडकमा हरियाली र सौन्दर्यीकरणका मिडियामा रोपेको बोटबिरुवासमेत चोरी भइरहेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा सुरक्षाका लागि लगाइएको रेलिङ चोरी हुन थालेपछि त्यस्ता कार्य गर्नेहरूको आलोचना भइरहेको छ । यसै गरी, छ लेन सडकको रेलिङ र बोटबिरुवा चोरी हुनबाट जोगाउनका लागि ठाउँ ठाउँमा सिसी टिभी क्यामेरा जडान गर्न नगरवासीले उपमहानगरपालिकालाई सुझाव दिएका छन् ।यस अघि छ लेन सडक खण्डमा रोपिएका फूलहरुसमेत विभिन्न स्थानबाट चोरी भएका थिए।