कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखा पुलबाट अवैध लागुऔषध खैरो हेरोईन ४९ मिलिग्रामसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका–२ तेघरीका २७ वर्षीय अजय सोप, कञ्चनपुर लालझाडी गाउँपालिका–४ जाईका २३ वर्षीय प्रकाश नाथ र सोही ठाउँका २३ वर्षीय दिपेन्द्र साउँद रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको म।२ प ४३६४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरुलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।