कञ्चनपुर। महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० का ७५ वर्षीय रनु नाथको महाकाली नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार रातिदेखि बेपत्ता नाथ मंगलबार फेला परेको हो । नाथ बिहान मृत अवस्थामा नदीमा तैरिरहेको अवस्थामा फेला परेका हुन्। उनको पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।