कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कार्कीचोकका ३० वर्षीय गणेश खडकालाई आफ्ना बाबुको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घरायसी विवाद हुँदा सोमबार राति गणेशले आफ्नै ७१ वर्षका बुवा धनबहादुर खड्कालाई चिर्पट प्रहार गर्दा मृत्यु भएको हो। हत्या आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घरायसी विवाद हुँदा सोमबार राति गणेशले आफ्नै बुवामाथि चिर्पट प्रहार गरेर भाग्न खोजेका गणेशलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले बताए।घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


