धनगढी। कैलालीका उद्योग ब्यवसायी चर्को भाडाको मारमा परेका छन्। कोरोनापछि चुलिएको आर्थिक र व्यापार मन्दी, बैंकको चर्को ब्याजदर, कर्जा नपाउने अवस्था र त्यसैमाथी चर्को सटर र घरभाडाको मारमा व्यवसायी परेका हुन्।
पछिल्लो समय व्यापारमा आएको मन्दी, सडक बिस्तारसँगै घरभाडा अचाक्ली हुँदा व्यवसाय धरासायी बनेको ब्यवसायीको भनाई छ। आज कैलाली उद्योग बाणिज्य संघमा भएको अस्वभाबिक घरभाडा बृद्रीको उचित समाधान सम्बन्धि छलफलमा उनीहरुले सो कुरा बताएका छन्। कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले कोरोनापछि सरकारको आर्थिक नीतिका कारण अहिले यो अवस्था आएको बताए।
सरकार र बैंकको गलत नीतिको कारण व्यवसायीहरू दैनिक पलायन भइरहेको उनको भनाई छ। धनगढीका ब्यवसायी प्रकाश पनेरुले धनगढीमा घरधनीहरुले एडभान्स ५ लाख लिइरहेको र महिनाको कोठा भाडा तिनुपर्ने भएकाले अहिलेको आर्थिक मन्दीले ब्यवसायी झन चिन्ता परेको बताए। यस्तै ब्यवसायी दिनेश लम्सालले घर धनीहरूले मनलाग्दी भाडा बढाउने, व्यापार व्यवसायको कारोबार घटेकाले बजारमा टिक्न समस्या भएको भनाई राखे।
व्यापारीहरूको हरेक वर्ष भाडा बढ्ने, अग्रीम पेश्की दिनुपर्ने, घर धनीको आयकर पनि व्यवसायीले नै तिर्नुपर्ने, व्यवसाय राम्रो चले पसल सार्न लगाउने जस्ता गतिविधिका कारण पीडित बनेको ब्यवसायीको दुखेको छ। उनीहरुले ब्यवसायीको भाडादर समस्याको के कसरी समाधान हुन्छ त्यसमा सरोकारबाला गम्भीर बन्नुपर्ने जोड दिएका छन् । एकातिर अचाक्ली भाडा बढ्दा नयाँ ब्यवसाय राख्ने ब्यवसायी सस्तोमा उचित स्थानमा सटर र घरभाडा पाउन सकेका छैनन्। भने अर्कोतिर घरबेटीले पनी सस्तो मुल्यमा सटर रघरभाडा दिन नसक्दा उनीहरुको सटरभाडा उठ्न नसक्ने अवस्थामा छ।सो कारण अहिले सुदुरपश्चिमको मुख्य ब्यापारीक केन्द्र धनगढीका मुख्य सडक क्याम्पस रोड, बसपार्क क्षेत्र, ६ लेन सडक छेउछाउका अधिकाँस घर तथा सटरहरू खाली हुन थालेका छन्।
घर तथा सटरहरू खाली भएपछि घर धनीले घर तथा सटरहरू भाडामा रहेको सूचना टाँस्न थालेका छन्। बैंकको चर्को व्याज, सरकारको आर्थिक नीतिका कारण व्यवसाय गर्न समस्याका कारण ब्यवसायी धरासायी बनेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। उनले अझ त्यसैमाथी सटर र घरभाडाको मुल्य बढ्दा समस्या भएको बताए। सोही बिषयलाई मध्यनजर राख्दै चर्को सटर र घरभाडाको सन्दर्भमा छलफल गरिएको बताए । उनले बैंक बित्तिय संस्थाहरूले मनपरी लिदै आईरहेको कर्जा ब्याज र ब्यापारी, ब्यबसायीलाई बिस्थापित तथा प्रताडित गर्ने गरी अचाक्ली लिईदै आएको भाडादर सन्दर्भमा छलफल भएको बताए । यसमा अझ बिशेष छलफल गर्ने उनले बताए। साथै ब्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएको उनले बताएका छन् ।


