कञ्चनपुर। कञ्चनपुरमा भन्सार राजस्व छलीका दुई सवारी साधनमाथि छानबिन भईरहेको छ । कञ्चनपुरबाट भन्सार छलीको आरोपमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएका दुई ट्रकमाथि छानबिन भईरहेको जनाईएको छ। बुधबार सशस्त्र प्रहरीले कञ्चनपुरबाट एक मिनीट्रक र अर्को सानो सवारी साधन नियन्त्रणमा लिएको थियो ।
राजस्व अनुसन्धान कार्यालय कोहलपुरका अनुसार सुपप्र ०२–००१च ८९७ र ना ४ ख ७९३१नम्बरको सवारी साधनमा भन्सार छलीका कपडा सहितका समान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो । भन्सार छलीको आरोपमा सशस्त्र प्रहरीले दुवै सवारी साधन नियन्त्रणमा लिएर बुझाएसंगै राजस्व अनुसन्धान कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


