धनगढी। कैलालीको धनगढीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन्।धनगढी उपमहानगरपालिका ६ मट्यारी बस्ने वर्ष ४७ का महेश कुमार चौधरीले आफ्नै छोरा वर्ष २१ को अर्जुन चौधरीलाई इँटा प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको हो।
आज दिउँसो १२ः १५ बजे घरदेखि १५० मिटर टाढा जंगलमा इँटाले टाउकोमा प्रहार गर्दा अर्जुनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।
जंगलमा ईटाले टाउकोमा हानि हत्या गरेको महेशकुमार आफैले स्वीकार गरेको प्रहरीले जनाएको छ।
अर्जुनको घटना स्थलमै मृत्यु भएको भन्ने खबर प्राप्तपछि वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमको कमान्डमा टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमान्डमा एसओ सिओ टोली समेत खटिएको छ। प्रहरी टोलीले बुवा महेश कुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ । घटना भएको स्थान स्थान जिल्ला प्रहरी कार्यालय कैलालीबाट ५ किलोमिटर उत्तरमा पर्छ। यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी चन्दले बताए ।