बैतडी। भतिजी बलात्कारको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन्। जिल्लाको सिगास गाउँपालिकाका २२ वर्षीय युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले बताए।
ती युवकलाई १५ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको हो। गएको पुस १५ गते बलात्कारको घटना भए पनि शुरुमा गाउँमै मिलाउन खोजिएकाले ढिला गरी सार्वजनिक भएको बताइएको छ। घरमा कोही नभएका बेला ती युवकले भतिजीमाथि बलात्कार गरेको आरोप छ। इलाका प्रहरी कार्यालयको हिरासतका रहेको ती युवकमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


