कञ्चनपुर। कञ्चनपुरमा नाबालिग करणी आरोपमा एक युवक पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरकी एक १५ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय किशोरलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त घटनामा ती युवकलाई सहयोग गरेको आशंकामा केही अन्य युवालाई पनि प्रहरी कार्यालयमा बोलाएर सत्यतत्य बुझ्ने काम भएको बताएको छ। बुधबार मध्यरातमा नाबालिगलाई आरोपित किशोरले घर नजिकको खेतमा बलात्कार गरेको भन्दै शुक्रबार उजुरी परेपछि उनलाई पक्राउ गरिएको डिएसपी प्रकाश डाँगीले बताए।
बुधबार मध्यरातमा नाबालिगलाई आरोपित युवकले घर नजिकको खेतमा जबरजस्ती करणी गरेको भन्दै शुक्रबार उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। पीडित परिवारले एक जना युवकविरुद्ध उजुरी दिएको बताइएको छ। भारतमा बस्दै आएकी ती नाबालिगा १२ वैशाखमा घर आएकी थिइन्। उनलाई गाँउकै एक युवकले राति घरबाटै लगेर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ। कञ्चनपुर प्रहरीले पीडित र पिडक दुबैको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान भइरहेको जनाएको छ।