कैलाली। नेकपा एमाले सुदूरपश्चिम प्रदेशले केपी ओलीमाथि भएको आक्रमणको भर्त्सना गर्दै कारबाहीको माग गरेको छ। वैशाख १३ गते झापाको बुद्धशान्ति गाउँपालीकाको बुधबारे बजारमा सत्तारुढ दलका कार्यकर्ताद्धारा दुव्र्यवहार र आक्रमणको प्रयास गरिएको नेकपा एमालेले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि वैशाख १३ गते झापामा भएको आक्रमणमा संलग्नहरूलाई कारबाही गर्न एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माग गरेको छ ।प्रदेश सचिव धर्मराज पाठकले एक विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका कार्यकर्ताहरूले गरेको आक्रमणको भर्त्सना गरेका हुन् । उनले उक्त घटनामा संलग्नहरू माथि कडा कारबाहीको माग समेत राखेका छन् ।
विज्ञप्तिमा उच्चस्तरीय राजनैतिक नेतृत्वको सुरक्षामा गम्भीर बन्न पनि सरकारलाई आग्रह गरिएको छ।


