कैलाली। कैलाली र कञ्चनपुर जिल्लाको चुरेक्षेत्रमा आगलागी भएको छ । हरेक बर्ष जस्तै यसबर्ष पनी जिल्लाका बिभिन्न स्थान तथा चुरेक्षेत्रमा डढलोको प्रकोप बढेको हो।
कञ्चनपुरमा ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्म दर्जन बढी ठाउँमा, चुरेमा डडेलधुरा र कञ्चनपुर जोड्ने बाटो, लालझाडी मोहना संरक्षित क्षेत्रमा डढेलो लागेको छ । डढेलोका कारण वातावरणीय र अमूल्य वनसम्पदामा क्षति र जडिबुटी तथा लोपोन्मुख पशुपन्छीको अस्तित्व संकटमा पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार ११३ हेक्टर बढी वन क्षेत्र प्रभावित भएको छ। पिपरैयामा ७० हेक्टर र चुरे फेदीमा ५२ हेक्टर हाराहारी वन क्षेत्र डढेलोले प्रभावित भएको बताइएको छ । यता
कैलालीको वन क्षेत्रमा यसवर्ष डढेलोको वनमा क्षति भएको छ। डिभिजन वन कार्यालय धनगढीका अनुसार गतवर्ष करिब एक हजार ७०० हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो। तर यो वर्ष हालसम्म डेढ–दुई सय हेक्टर वन क्षेत्रमा आगलागी भएको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी डबलबहादुर बोहराले बिगत बर्ष भन्दा कम स्थानमा मात्रै डढेलो लागेको बताए ।
यस वर्ष डढेलो लागेकोमध्ये तराईमा कम र चुरे क्षेत्रमा बढी रहेको उनको भनाई छ । तराईमा डढेलो चाँडै नियन्त्रण गर्न सकिने भएपनी चुरेमा आगो निभाउन समस्या हुने बताए।भिरपाखाका कारण डढेलो निभाउन नसकिने गरेका कारण चुरे क्षेत्रमा बढी डढेलो फैलिनेगरेको जनाइएको छ। गर्मीयाम सुरु भएपछि चैत, वैशाख, जेठ महिनासम्म डढेलो लाग्ने गर्छ । डढेलोका कारण बर्सेनी हजारौं हेक्टर क्षेत्रफलमा वन नाश हुने गरेको उनले बताए। यस वर्ष पानी परेका कारण विगत वर्षजस्तो डढेलो नरहेको बताइएको छ।
तराईमा कहीँ–कहीँ मात्रै डढेलोले वन नोक्सान भएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए। यस्तै कञ्चनपुरको पिपरिया र चुरे फेदीमा संरक्षित क्षेत्रमा पनि डढेलो लागेको छ। डिभिजन वन कार्यालयका अनुसार डढेलोका कारण हालसम्म ११३ हेक्टर बढी वन क्षेत्र प्रभावित भएको छ। पिपरैयामा ७० हेक्टर र चुरे फेदीमा ५२ हेक्टर हाराहारी वन क्षेत्र डढेलोले प्रभावित भएको छ। डढेलोका कारण हुने वातावरणीय र अमूल्य वनसम्पदाको क्षतिको भने के कती भयो यकिन भैनसकेको बताइएको छ।


