कञ्चनपुर। कञ्चनपुरमा नाला तर्ने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका- १० विकासबस्ती की अन्दाजी २८ वर्षीया तारा बिष्टको घर नजिकैको लमैया नाला तर्ने क्रममा डुबेर मृत्यु भएको हो।
मृतकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुनर्वासले जनाएको छ।