कञ्चनपुर। कञ्चनपुरको वेदकोटमा अनुगमनका क्रममा म्याद नाघेका औषधी भेटिएका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका बजार अनुगमन समितिले नगरभित्र रहेका औषधी पसलहरुको मंगलबार अनुगमन गरी म्याद नाघेका औषधी भेटिएका हुन्। म्याद नाघेका औषधी भेटिएपछि अनुगमन समितिले उक्त अबैध औषधी नष्ट गरेको छ।
बेदकोट बजार अनुगमन समितिका संयोजक पदम वहादुर ठकुराठीको नेतृत्वमा गएको टोलीले बजार अनुगमनको क्रममा मेडिकलमा भेटिएका म्याद गुज्रेका औषधी नष्ट गरेको बेदकोट बजार अनुगमन समितिका सदस्य सुनिल चन्दले जानकारी दिए। “आज अनुगमन समितिले दैजीबजार र सामादैजी बजारका मेडिकलको अनुमगन गरेको हो।” उनले भने–“मेडिकलमा म्याद नाघेका औषधी फेला परेपछि समितिले नष्ट गरेको हो।” उनले अनुगमनका क्रममा साथै दर्ता नविकरण नगरिएको समेत पाइएको बताएका छन्।