धनगढी। मारुती सुजुकीको भिटारा ब्रेजा कार धनगढीबाट पनि बिक्रि शुरु भएको छ । धनगढी स्थित सुजुकी कारको आधिकारिक बिक्रेता प्राप्ती मोटोकर्पले आज एक कार्यक्रमका बिच धनगढीमा भिटारा ब्रेजा कारको लन्च गरेको हो ।
नेपाल उधोग बाणिज्य संघका केन्द्रिय सदस्य तथा कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले एक कार्यक्रमका बिच भिटारा ब्रेजा कारको लन्च गरेका हुन् । लन्च कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य कुँवरले सुबिधासम्पन्न र आरामदायी भिटारा ब्रेजा कार प्रयोगमा ल्याउन आग्रह गरेका छन् । उनले सुदूरपश्चिममा भिटारा ब्रेजा कारको ब्यवसायिक सफलताको सुभकामना दिए ।प्राप्ती मोटोकर्पका कार्यकारी निर्देशक श्याम ओझाका अनुसार कार पहिला १.३ लिटर ४ सिलिन्डर डीडीआईएस २०० डिजेल इन्जिनबाट ९० पीएसको पावर र २०० एनएमको टर्क जेनेरेट गर्छ । साथै यसमा ५ स्पिड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।
हाल सो कारमा पेट्रोल इन्जिन रहेको छ । जसले १०४.७ पीएसको पावर र १३८ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र ४ स्पिड टर्क कन्वर्टर ट्रान्समिशन रहेको छ । भारतमा सो कम्प्याक्ट एसयूभीको मूल्य ७ लाख ३९ हजार भारु देखि ११ लाख ४० हजार भारु रहेको छ । भिटारा ब्रेजा एलएक्सआई, भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरिएन्टमा उपलब्ध रहेको छ । सो कारमा इन्टिग्रेटेड एलईडी डे–टाइम रनिङ लाइट्स, अपग्रेड एलईडी फग ल्याप्स, नयाँ डिजाइनको १६ इन्चको अलोय ह्वील र नयाँ फ्रन्ट ग्रिल फिचर रहेको छ।
ओझाका अनुसार कारमा ३ ड्युअल टोन कलरको विकल्प रहेको छ । जसमा मिडनाइट ब्ल्याक रुफको साथमा सिजलिंग रेड, मिडनाइट ब्ल्याक रुफको साथमा टर्क ब्लु र अटम ओरेज रुफको समाथ ग्रेनाइट ग्रे समावेश रहेको छ । यसको इन्टेरियरमा एपल कारप्ले र एन्ड्रोयड अटो कनेक्टिभिटीको साथमा ७ इन्चको स्मार्टप्ले टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, लेदर स्टेयरिङ ह्वील र अटोमेटिक क्लाइमेट कन्ट्रोल रहेको छ । नेपाली बजारमा पनि भिटारा ब्रेजा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य ४१ लाख ६९ हजार देखि ४४ लाख ९९ हजार रुपैयाँ सम्म छ । नेपाली बजारमा धेरै बिक्री हुने कारमध्ये भिटारा ब्रेजा पनि एक हो ।
https://www.facebook.com/supamedia01/videos/276920264662334


