धनगढी। दार्चुलाका धुनुराम लावड भारतबाट घर फर्किदै गर्दा बसमै लुटिएका छन्। दार्चुलाको लेकम गाउँपालीका १ सर्मोली स्थायी घर भएका उनी भारतको पन्जावबाट घर फर्किदै गर्दा बसमै लुटिएका हुन्।
घर फर्कने क्रममा बसमा केही लुटेराले बेहोस बनाएर उनको साथमा रहेको ३० हजार बढी नगद, मोबाइल फोन र अन्य कपडाहरु लुटेको बताइएको छ। उनलाई बेहोस पारेर बाटोमा लुटिएको बुझिएको छ। बेहोस भएर लुटिएका धुनुरामलाई बसवालाले टनकपुरमा उपचार गराएका थिए। त्यसपछि त्यहाँबाट समाजसेवी तथा रास्वपाका सुदूरपश्चिम महामन्त्री भोजराज जोशी क्वालिटीले उद्धार गरेर महेन्द्रनगर ल्याएका थिए।
उनीसंग भएको पैसा समान सबै लगेको र बस ड्राइभरले भारतको टनकपुरको एक अस्पतालमा छोडिदिएको रहेछ उनले भने, विभिन्न साथिहरुको पहलमा अहिले उहालाइ घरसम्म पुग्ने ब्यवस्था मिलाइएको छ।यस्तै आजै आफूले नै सहयोग गरेर उनलाई महेन्द्रगरबाट दार्चुला घरसम्म पठाएको उनले बताए। लुटेराहरु को हुन् ? भन्नेबारे भने केही पत्तो लागेको छैन्। लुटेराहरुलाइ खोज्नको लागि पहल गरिरहेको उनको भनाई छ ।