धनगढी।धनगढीमा स्वास्थ्य क्षेत्रमा हुने विपद जन्यजोखीम न्युनिकरण सम्बन्धी छलफल गरिएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा सुपर परियोजना तथा सामाजिक बिकास मन्त्रालयको सहकार्यमा स्वास्थ्य क्षेत्रमा हुने विपदजोखीम न्युनिकरणमा भुमिका र योजना सम्बन्धी छलफल गरिएको हो।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डाक्टर जगदिश जोशीले तिन तहकै सरकार, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाको समन्वय र सहकार्यताले विपद जन्यजोखीम न्युनिकरण हुने सुझाब दिए। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका स्वास्थ्य फोकल पर्सन हेमराज जोशीले स्वास्थ्य क्षेत्रमा महामारीको संकट र विपद जोखीमलाई न्युनिकरण गर्न कार्ययोजना बनाउनुपर्ने जोड दिए।
उनले बाढी पहिरो, सडक दुर्घटना,भुकम्प लगायत कोरोनाको महामारी जस्ता विपदबाट स्वास्थ्य क्षेत्र निकै जटिल अवस्थामा पुग्ने भएकाले सबै निकायको समन्वयको आवश्यकता पर्ने बताए। कार्यक्रममा सुपर परियोजना सुदुर पश्चिम प्रदेश संयोजक प्रगती भट्टराईले विपद जन्य घटना रोकथामबारे कार्ययोजना बनाउन बिभिन्न संघ संस्था, प्रदेश सरकार, बिषयविज्ञसँग सुझाब संकलन गर्ने कार्य भैरहेको बताइन् ।प्रदेशमा विपद सम्बन्धी कलस्टरका बारेमा सुपर परियोजनाले सबैसँग राय सुझाब संकलन गरेर प्रतिकार्य योजना बनाइरहेको र थप सल्लाह सुझाब दिन उनले भनिन् ।
युएनडिपी नेपाल सुदूरपश्चिम प्रदेश क्षेत्रीय कार्यालय प्रमुख बैजन्ती गिरीले बिपदमा कसरी काम गर्ने भनेर सुदुरपश्चिमसहित अन्य प्रदेशमा बिभिन्न चरणमा काम भैरहेको बताइन् । बिभिन्न कलस्टरमा काम गर्न सुपरपरियोजना लगायतका संघसंस्थाले सहयोग गर्दै आएको र प्रदेश मन्त्रालयको थप सहकार्यता हुने बिश्वास लिइन् । थप सल्लाह सुझाब र प्रतिकृयाले विपद न्युनिकरण सम्बन्धी योजना बनाउन सहयोग पुग्ने उनको भनाई छ । सामाजिक बिकास मन्त्रालयका हेमराज खड्काले डिजास्टर प्लान बनाउन प्रदेशका मन्त्रालय र परियोजना बिच सहकार्य भए आवश्यक बजेट, निती निर्माण बनाउन सजिलो हुने बताए । यस्तै सिएमसी नेपाल सुदुरपश्चिमका मनोविद एवन श्रेष्ठले विपदमा परिसकेका ब्यक्तीलाई मनोसामाजिक समस्या देखीने भएकाले यस्ता कुराहरु पनी योजनामा समेट्नुपर्ने सुझाब दिए । विपदका बेला मनमा चिन्ता, डर र त्रासकाबेला मनोपरामर्श दिएर मनोवललाई उच्च बनाउन सकिने र थप जोखीम हुन नसक्ने उनको बुझाई छ ।



