धनगढी : नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन धनगढीले जनतासंग जनप्रतिनिधी कार्यक्रम शुरु गरेको छ । जनताका समस्या प्रत्यक्ष जनप्रतिनिधीसंग पुगाउने उद्देश्यले आजबाट अनेरास्वबियुले धनगढीमा जनता संग जनप्रतिनिधी कार्यक्रम शुरु गरेको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा आज कार्यक्रमको सुभारम्भ गरिएको छ । उपमहानगरपालिका १ बाट जनतासंग जनप्रतिनिधी कार्यक्रम शुरु गरी १९ वटै वडामा कार्यक्रम आयोजना गरिने अनेरास्वबियु धनगढीका अध्यक्ष नितेश जोशीले बताए । जनताका समस्या धेरै थाँती रहेपनि जनप्रतिनिधीहरुको ध्यान त्यता नपुगेका कारण अनेरास्वबियुले ति मुद्धा सम्बोधनका लागी जनतासंग जनप्रतिनिधी कार्यक्रम आयोजना गरेको जोशीले बताए ।
जनतासंग जनप्रतिनिधी कार्यक्रममा सहभागीहरुले निर्वाचित वडाका जनप्रतिनिधिहरुसंग निकै आक्रा्स पोखेका छन् । उप महानगरमा रहेको मुख्य सडक नबन्नु, खानेपानी, जग्गाधनी पुर्जा नपाउनु लगायत जनताहरुले जनप्रतिनिधीहरुसंग निकै प्रश्न गरेका छन् । उनिहरुले जनताका मुद्धामा सबेंदनशिल बन्न आग्रह गरेका छन् ।
वडा नम्बर १ का सदस्य धर्म उपाध्यायले सक्दो जनताका समस्या सम्बोधनको प्रयासमा जनप्रतिनिधी रहेको बताए । जनतामाझँ गरेका बाचाहरु वडाबाट हुने कामहरु धमाधम गरेपनि ठुलो बजेट आवश्यक पर्ने योजनाका लागी अन्य निकायमा पहल भएको उनले बताए । अन्य निकायबाट आउनुपर्ने योजनामा ढिलाई भएका कारण जनताका मुद्धा समयमै सम्बोधन हुन नसकेको उनले स्वूकारे ।



