काठमाडौँ। बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले जनमतका शिवचन्द्र कुशवाहालाई उछिनेका छन् । करैयामाई नगरपालिका वडा १‚ २ र ३ को जम्मा ३ हजार ८१० मत गणना गर्दा कुशवाहालाई यादवले ८९ मतले अग्रता लिएका हुन्।
यादवले १३९० मत प्राप्त गरेका छन् भने कुशवाहाले १३०१ मत प्राप्त गरेका छन्। एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत ल्याएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २५९ मत र आम जनता पार्टीले १२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बारा-२ मा आइतबार सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो । ६८ हजार ८ सय ८६ मत खसेको छ।


