धनगढी। राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेशले दुई दिने अगुवा भेला तथा सम्मेलन गर्ने भएको छ । पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन तथा विशिष्ठ व्यक्तिहरुको सहभागितामा भोलीदेखि सम्मेलन गर्न लागेको आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो।
पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीले भेला सोमबार विहान ११ बजे सौराइ पार्टी प्यालेसमा गर्ने र १२ गते कैलाली उद्योग वाणिज्य संघको सभाहलमा अन्तरक्रिया कार्यक्रमको कार्यतालिका तय भएको बताए । भेलामा पार्टी अध्यक्ष लिङ्देन, उपाध्यक्ष रविन्द्र मिश्र लगायतको शिर्ष नेताको सहभागिता रहने उनले जानकारी दिए । भेलामा पार्टीका आधारभुत सिद्धान्त, नीति, समसामयिक राजनीतिक अवस्था, भावी रणनीति लगायतका बारेमा बहस, छलफल गर्न भेला आयोजना गरिन लागेको उनले बताए । उनका अनुसार भेलामा प्रदेशभरीका छ सय बढी व्यक्तिहरुको सहभागिता रहने छ ।


