कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका–९का सुरेश रानालाई शुक्रबार आफ्नै घरमा लुकिछुपि रहेको अवस्थामा दुई वर्षपछि पक्राउ गरेको हो।
रानालाई जिल्ला अदालत कञ्चनपुरले २०७७ पुस ७ गते दुई महिना कैद र दुई सय जरिवाना तोकेको थियो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०८० बैशाख ८ गते निजकै घर ठेगानामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको हो। आज कञ्चनपुर जिल्ला अदालतमा पेश गराईएकोमा अदालतले रानालाई सजाय भुक्तानको लागि कारागार चलान गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।