कैलाली। कैलालीको लम्कीबाट लागुऔषधका फरार प्रतिबादी पक्राउ परेका छन् । लागुऔषध खैरो हेरोईन सम्बन्धी कसुर मुद्धामा फरार रहेका प्रतिबादी कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्कीका आकाश चौधरीलाई आज पक्राउ गरेको हो। जिल्ला अदालत कैलालीको मिति २०७८ बैशाख ७ गते २ महिना कैदको फैसलापछि चौधरी फरार रहेका थिए ।
प्रतिवादी चौधरीलाई २०८० बैशाख ८ गते साझ लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्की बजारबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रतिबादी चौधरीलाई आज जिल्ला अदालत कैलालीमा पेश गराइएको र कैद भुक्तानको लागी कैलाली कारागार चलान गरिएको छ।


